अमेरिकामा पाण्डेको हत्या अभियोगमा शाह पक्राउ
काठमाडाैं | भदौ १४, २०८१
काठमाडौं: प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ ।
पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । पाण्डेको हत्याका अभियोगमा शाहलाई पक्राउ गरी तस्बिरसमेत सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।
हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५ः३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो । प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ ।
त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए । पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए । प्रहरीले बुधबार मात्र शङ्कास्पद व्यक्तिको तस्विर सार्वजनिक गरेको थियो । सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए ।
नेपाली समुदायका अगुवाहरूले मुनाको न्यायको लागि प्रयास गरिरहने र संदिग्ध व्यक्तिलाई अधिकतम सजायको माग गरेका छन् ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

